२३ बैशाख २०८१, आइतबार

देशभर थप २४८२ जनामा कोरोना पुष्टि, ४४ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७११ जनामा पिसिआर परिक्षण गर्दा १८६२ जना र ५५७९ जनामा एन्टीजेन परिक्षण गर्दा ६२० जना गरी २४८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७८१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३ हजार ९६४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०६१२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५१५ जना, ललितपुर जिल्लामा ८८ जना र भक्तपुर जिल्लामा १४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ५९ हजार १५ पिसिआर परीक्षण भएको छ भने ४ लाख ४५ हजार ६५७ एन्टीजेन परीक्षण गरिएको छ भने ३९६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा र ३०३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६१० जना आईसीयूमा र १६१ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४९ लाख ५६ हजार ४५५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३९ लाख ९ हजार ९४१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !