२४ बैशाख २०८१, सोमबार

देशभर थप १९२० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९४४३ जनामा पिसिआर परिक्षण गर्दा १७०२ जना र ३०७३ जनामा एन्टीजेन परिक्षण गर्दा २१८ जना गरी १९२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ९८ हजार १७३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०५०९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३९५ जना, ललितपुर जिल्लामा ११० जना र भक्तपुर जिल्लामा ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ३० हजार ६९१ पिसिआर परीक्षण भएको छ भने ४ लाख ३२ हजार ५५५ एन्टीजेन परीक्षण गरिएको छ भने ४२१ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा र ३१९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६८१ जना आईसीयूमा र १६९ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४९ लाख ४२ हजार २५० जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३८ लाख ४६ हजार ७३६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !