२४ बैशाख २०८१, सोमबार

देशभर थप २०७५ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७०३ जनामा पिसिआर परिक्षण गर्दा १४२४ जना र ५३७२ जनामा एन्टीजेन परिक्षण गर्दा ६५१ जना गरी २०७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३८२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ९५ हजार ९२५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०४८५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ४८३ जना, ललितपुर जिल्लामा १०३ जना र भक्तपुर जिल्लामा ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख २१ हजार २४८ पिसिआर परीक्षण भएको छ भने ४ लाख २९ हजार ४८२ एन्टीजेन परीक्षण गरिएको छ भने ४२३ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३६ हजार १५ जना होम आइसोलेसनमा र ३३०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७१८ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४९ लाख ३५ हजार ५६ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३८ लाख ३५ हजार ६०८ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !