२२ बैशाख २०८१, शनिबार

देशभर थप २२१२ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८०८८ जनामा पिसिआर परिक्षण गर्दा १७९३ जना र ४०१८ जनामा एन्टीजेन परिक्षण गर्दा ४१९ जना गरी २२१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८६७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०२९२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५२२ जना, ललितपुर जिल्लामा १५४ जना र भक्तपुर जिल्लामा ६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख ५७ हजार ५७२ पिसिआर परीक्षण भएको छ भने ३ लाख ९५ हजार ८५३ एन्टीजेन परीक्षण गरिएको छ भने ४१९ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा र ४२८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७५८ जना आईसीयूमा र १९३ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४६ लाख ८४ हजार ५०९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३३ लाख ६४ हजार १५७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !