२२ बैशाख २०८१, शनिबार

देशभर थप २६२४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८६६७ जनामा पिसिआर परिक्षण गर्दा १९४७ जना र ४९०६ जनामा एन्टीजेन परिक्षण गर्दा ६७७ जना गरी २६२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३२० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०२५९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५३५ जना, ललितपुर जिल्लामा १६४ जना र भक्तपुर जिल्लामा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३७ लाख ४९ हजार ४८४ पिसिआर परीक्षण भएको छ भने ३ लाख ९१ हजार ८३५ एन्टीजेन परीक्षण गरिएको छ भने ४११ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७६० जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४६ लाख ७४ हजार ३१८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३३ लाख ३ हजार ५७८ जनाले दोस्रो मात्र खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !