१९ बैशाख २०८१, बुधबार

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो


कोरोना संक्रमित

काठमाडौँ । नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८ लाख नाघेको छ । नेपालमा अहिलेसम्म ३७ लाख ४० हजार ८१७ पिसिआर परीक्षण भएको छ भने ३ लाख ८६ हजार ९२९ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म पिसिआर परीक्षणद्वारा ७ लाख २८ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टीजेन परीक्षणवाट ७४ हजार ३४ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ११७०८ जनामा पिसिआर परिक्षण गर्दा २७६३ जना र ६८७४ जनामा एन्टीजेन परिक्षण गर्दा ११५२ जना गरी ३९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २११८ जनाले कोरोना जितेका छन् । योसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.२७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०२३९ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७९९ जना, ललितपुर जिल्लामा १२८ जना र भक्तपुर जिल्लामा १६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हाल देशभर ३८ हजार ७९८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा र ३२८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३६ जना आईसीयूमा र १८६ जना भेन्टिलेटरमा रहेका छन् भने ४३९ जना क्वारेन्टाइनमा बसेका छन् ।

आजसम्म ४६ लाख ५९ हजार ४१४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३२ लाख २३ हजार ६९३ जनाले दोस्रो मात्र खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !