१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण


काठमाडौँ_लकडाउन_निषेधाज्ञा

काठमाडौँ । काठमाडौं उपत्यकामा फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेको छ । हिजो देशभर कोरोना संक्रमितको संख्या घटे पनि काठमाडौं उपत्यकामा भने बढेको हो ।

हिजो बिहिबार उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । हिजो काठमाडौं जिल्लामा ३३९ जना, ललितपुर जिल्लामा १३४ जना र भक्तपुर जिल्लामा ८० जनामा कोरोना संक्रमण देखिएको थियो ।

अस्ति बुधबार उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । अस्ति काठमाडौं जिल्लामा २९४ जना, ललितपुर जिल्लामा ६२ जना र भक्तपुर जिल्लामा ६७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौं उपत्यकामा अपेक्षाकृत रुपमा कोरोना संक्रमण नघटे पछि आजदेखि थप १० दिन निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौँ उपत्यकाका ३ जिल्लाका प्रजिअहरुको हिजो बसेको बैठकले श्रावण १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यद्यपि थप गरिएको निषेधाज्ञामा पनि सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहनेछन् । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

हिजो बसेको प्रजिअहरुको बैठकले काठमाडौं आउने र जाने लामो दूरीका सार्वजनिक यातायातका साधनमा लगाएको रोक यथावत् राखेको हो । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम यथावत् रहेकाले लामो दूरीका सवारी साधन खुला नगरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !