२२ बैशाख २०८१, शनिबार

देशभर थप १८३१ जनामा कोरोना पुष्टि, १५३३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५५३५ जनामा पिसिआर परिक्षण गर्दा १२३७ जना र ३८८३ जनामा एन्टीजेन परिक्षण गर्दा ५९४ जना गरी १८३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ जना र एन्टीजेन परिक्षणद्वारा संक्रमितको संख्या ४३ हजार ६३९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १९ हजार ८९४ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ९३८२ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३४ लाख १५ हजार ४७५ पिसिआर परीक्षण भएको छ भने २ लाख ३४ हजार ७७७ एन्टीजेन परीक्षण गरिएको छ भने ३०४ जना क्वारेन्टाइनमा बसेका छन् ।

कोरोना सक्रिय संक्रमितमध्ये २३ हजार ४७१ जना होम आइसोलेसनमा र २७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ५५३ जना आईसीयूमा र १७५ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !