१४ बैशाख २०८१, शुक्रबार

थप ३७४९ जनामा कोरोना पुष्टि, ५२९३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९९०१ जनामा पिसिआर परिक्षण गर्दा २८७४ जना र ५३३७ जनामा एन्टीजेन परिक्षण गर्दा ८७५ जना गरी ३७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा पिसिआर परिक्षणद्वारा कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२९३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ५ लाख १५ हजार ५९१ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ८२३८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा ३१ लाख ८९ हजार १०४ पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७७ हजार ८५८ जना रहेको छ भने ६१६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना सक्रिय संक्रमितमध्ये ७२ हजार १७८ जना होम आइसोलेसनमा र ५६८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२६१ जना आईसीयूमा र ३८२ जना भेन्टिलेटरमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !