२१ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ७९१ जनामा कोरोना संक्रमण, १५३० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २४१५ जनामा परिक्षण गर्दा ७९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४७ हजार २९१ जना पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १५३० जनाले कोरोना जितेसंगै गण्डकीमा कोरोना जित्नेको संख्या ३८ हजार ६६ जना पुगेको छ । गण्डकीमा कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७७९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म गण्डकीमा २ लाख ७ हजार ६८३ जनामा कोरोना परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ४६५ जना रहेको निर्देशनालयले जनाएको छ । कोरोना सक्रिय संक्रमितमध्ये ७ हजार ९०१ जना होम आइसोलेसनमा रहेका छन् ।

गण्डकी प्रदेशमा थप ७९१ जनामा कोरोना संक्रमण, १५३० जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !