२२ बैशाख २०८१, शनिबार

कोरोनाको तेस्रो र चौथो लहरको आउन सक्ने भन्दै मन्त्रालयले बजायो खतराको घण्टी

कोरोनाको तेस्रो र चौथाे लहर आउन सक्ने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । नेपाल सरकारले कोरोना महामारीको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै आम नागरिक र अस्पताललाई खतराको घण्टी बजाएर संचेत गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले आज बेलुकी एक प्रेस बिज्ञप्ति जारी गर्दै कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

कोभिड–१९ को पहिलो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै मन्त्रालयले सबैको मिहिनेतले अवस्था काबुभित्र नै रहेको जानकारी दिएको छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रौढ र युवा बढी संक्रमित भएकोले नियन्त्रणको तयारी पनि प्रौढ र युवा लक्षित मात्र हुन् पुगेको मन्त्रालयले बताएको छ । अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ ।

मन्त्रालयले दोस्रो लहर जस्तै पुन: तेस्रो र चौथो लहर आउन सक्ने र त्यस बेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दौ आफ्नो स्वीकृत शैयाको कम्तीमा २० % शैया कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हने गरी तयारी अवस्थामा राख्न सबै सरकारी तथा निजी अस्पताललाई अनुरोध गरेको हो ।

कोरोनाको तेस्रो र चौथो लहरको आउन सक्ने भन्दै मन्त्रालयले बजायो खतराको घण्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !