२१ बैशाख २०८१, शुक्रबार

थाइल्याण्डका राजाले सहयोगमा दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो


थाइल्याण्डका राजाले सहयोगमा दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । थाइल्याण्डका राजाले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्नका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । राजा महाभाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाएको स्वास्थ्य सामग्री आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल आइपुगेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहकाबीच नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

विमानस्थलमा आयोजित समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति रहेको थियो । थाइल्याण्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्‍यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन् ।

थाइल्याण्डका राजाले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड ५ हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग १ हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर ८ थान सहयोग गरेको हो ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाइल्याण्डलाई धन्यवाद दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !