२२ बैशाख २०८१, शनिबार

स्वास्थ्य संकटकाल लगाउने तयारीमा सरकार


काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने गरेको छ । आज सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको संकेत गरेका छन् ।

स्वास्थ्य संकटकाल लगाउने विज्ञहरुको सुझावलाई आज सरकारले सकारात्मक लिएको बताएसँगै उनले यस्तो संकेत गरेका हुन् । स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘स्वास्थ्य संकटकाल लगाउनुपर्छ भन्ने विज्ञहरुको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ ।’

स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोना महामारी रोकथामका लागि सरकार गम्भीर रुपमा लागेको समेत बताए । उनले पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !