२१ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ५६६ जनामा कोरोना संक्रमण, ५२३ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५९० जनामा परिक्षण गर्दा ५६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ४५ हजार ९८७ जना पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ५२३ जनाले कोरोना जितेसंगै गण्डकीमा कोरोना जित्नेको संख्या ३५ हजार ७७३ जना पुगेको छ । गण्डकीमा कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ७४८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म गण्डकीमा २ लाख ३ हजार ५८२ जनामा कोरोना परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ४६६ जना रहेको निर्देशनालयले जनाएको छ । कोरोना सक्रिय संक्रमितमध्ये ८ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् ।

गण्डकी प्रदेशमा थप ५६६ जनामा कोरोना संक्रमण, ५२३ जना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !