१४ बैशाख २०८१, शुक्रबार

‘अस्पतालले संक्रमितको उपचार गर्न सक्दिन भन्न पाइँदैन’


भोजप्रसाद श्रेष्ठ

सिद्धार्थनगर । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठले कोरोना महामारीको बेला कुनै पनि बहानामा कसैले हात उठाउन नमिल्ने बताउनुभएको छ । कोरोना सङ्क्रमितका बिरामीले भरिभराउ रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) र भीम अस्पताल भैरहवाको आज अलग अलग स्थलगत निरीक्षण गर्दै उहाँले भन्नुभयो, “हामी महामारीको युद्धसँग जुधिरहेको छ । यस्तो बेला अस्पतालले सङ्क्रमितको उपचार गर्न सक्दिन भन्न पाईदैन ।”

छलफलका क्रममा उहाँले युसिएमएसका प्रमुख प्रशासकीय अधिकृत कमल ढकाल सहितको टिमलाई अस्पतालमा रहेको अक्सिजन प्लान्ट तत्काल सञ्चालन गर्न निर्देशन दिनुभयो । प्रशासीय अधिकृत ढकालले भन्नुभयो, “अहिले ९० श्यया एचडियू र १० श्यया आइसियू सञ्चालनमा रहेको भए पनि केही दिनदेखि अक्सिजनको अभाबले श्यया सङ्ख्या पनि कटौति गर्नुपरेको छ । अक्सिजन प्रयाप्त पाउने हो भने २०० श्यया कोभिडको लागि अस्पताल पूर्ण रुपमा चलाउन सक्छौं । ”

मन्त्री श्रेष्ठले जिल्लाको सरकारी अस्पतालको रुपमा रहेको भीम अस्पतालको व्यवस्थापकीय टीमसँग पनि छलफल गर्नुभएको थियो । छलफलमा अस्पतालका मेसु डा सकुन्तला गुप्ताले अस्पतालमा जनशक्तिको अभाव रहेकाले महामारीसँग जुध्न समस्या परिरहेको जानकारी दिनुभयो । रुपन्देहीमा तीन अक्सिजन उद्योग सञ्चालनमा रहेका छन् । जिल्लाको पडसरीमा लुम्बिनी अक्सिजन उद्योगमा दैनिक अढाइसय सिलिन्डर उत्पादन हुन्छ ।

उक्त उद्योगका व्यवस्थापक लेखनाथ भट्टराइले भन्नुभयो, “विद्यूतको नियमितता भएमा अढाईसय सिलिन्डर उत्पादन हुन्छ । ”यसैगरी जिल्लाको टिकुलीगढमा लुम्बिनी अक्सिजन प्रा।लि।ले दैनिक ३०० सिलिण्डर उत्पादन गर्दछ । उद्योगका व्यवस्थापक अर्जुन क्षेत्रीले भन्नुभयो, ‘२४ घण्टामा प्राविधिक समस्या भएन भने ३०० उत्पादन हुन्छ । एउटा सिलिन्डरमा १० के।जी अक्सिजन हुन्छ । ” सेमरहवामा रहेको शंकर अक्सिजन उद्योगका व्यवस्थापक अविनाश रेग्मीका अनुसार उक्त उद्योगले दैनिक ६०० सिलिन्डर उत्पादन गर्दछ ।

नेपाली सेनालाई जिम्मेवारी

अक्सिजन उद्योगमा आवश्यक जनशक्ति कमीले प्रायाप्त अक्सिजन उत्पादन गर्न समस्या भएपछि नेपाली सेनाको सहयोगमा उक्त समस्या समाधान गरिने भएको छ । जिल्लामा रहेका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा २४ घण्टा सञ्चालन गर्न आवश्यक श्रमिक परिपूर्ति गर्न तत्कालको लागि सेनाको सहयोग लिनेगरी सेनालाई जिल्ला सुरक्षा सङ्कट व्यवस्थापन समितिले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भन्नुभयो,”अक्सीजन उद्योगहरुमा प्रायाप्त दक्ष जनशक्ति नभएको हुदां चौबिसै घण्टा उद्योग सञ्चालन गर्न समस्या भएपछि उक्त उद्योगमा अक्सीजन उत्पादनमा सहयोग गर्नेगरी नेपाली सेनालाई सहयोग गर्न अनुरोध सहित निर्णय गरिएको हो । ”

सांसद विष्टद्वारा अक्सिजनका सिलिण्डर

तम्घासः गुल्मी क्षेत्र नम्बर २ का सासंद गोकर्णराज विष्टले गृहजिल्लामा ४५ अक्सिजनका सिलिण्डर पठाउनुभएको छ । ती मध्ये १५ काठमाडौबाट पहिले नै भरेर आएका थिए भने बाँकी ३० आज तम्घास आइपुगेका छन् ।

तीस सिलिन्डरमा बुटबलमा अक्सिजन भर्न सम्भव नभएपछि पोखरा लगेर अक्सिजन भरिएको नेकपा एमाले गुल्मीका नेता गणेश श्रीपालीले जानकारीदिननुभयो । पठाएका अक्सिजन सिलिन्डरमध्ये १० वगुल्मेली सहयोगी मनको तर्फबाट र बाँकी ३५ विष्टले नै प्रदान गरेको श्रीपालीले बताउनुभयो । जिल्ला आएका सिलिन्डर सबै तम्घास अस्पताललाई प्रदान गरिएको छ । अक्सिजन आएसँगै अहिले धेरै बिरामीलाई सेवा दिन सकिएको अस्पताल प्रमुख चिकित्सक उत्तम पच्याले बताउनुभयो ।

आवश्यक पूर्वाधार नहुँदा श्यया थन्किए

रुकुम (पूर्व) : रुकुम –पूर्व अस्पतालको आवश्यक भौतिक पूर्वाधार नहुँदा जिल्लामा दुई महिना अगाडि ल्याइएका श्यया लगायतका सामाग्री थन्किएका छन । साविकको रुकुमकोट स्वास्थ्य चौकीमै सञ्चालन भएको अस्पतालमा आवश्यक पूर्वाधार छैन्, यसका कारण दुई महिना पहिले ल्याइएका सामाग्रीहरु जडान नगरी थन्काएर राख्नु परेको हो ।

पचास श्ययाको अस्पतालमा अहिले १५ श्यया मात्रै जडान गरिएको छ । अस्पतालमा आवश्यक पर्ने सामाग्री आएको छ । व्यवस्थापन गर्ने ठाउँ नहुँदा स्टोर रुममै थन्काएर राख्नु पर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डाक्टर गणेश चौधरीले जानकारी दिनुभयो । यसअघि १५ श्ययामा सञ्चालित रुकुम पूर्व अस्पतालाई प्रदेश सरकारले चालु आर्थीक वर्षमै ५० श्ययाको बनाउने घोषणा गरेको थियो ।

रुकुमकोट स्वास्थ्य चौकीकै पुराना भवनबाट अहिले अस्पतालको सेवा प्रवाह भैरहेको छ । बिरामीको चाप बढेको समयमा आवश्यक श्यया नहुँदा बिरामी भर्न गर्न पनि समस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा व्यवस्थान गर्नकै लागि ल्याइएको २० श्यया अहिलेसम्म जडान भएका छैनन् । अहिले तत्काल समस्या झेल्नु परेकाले अस्प्तालको सुविधायुक्त भवन निर्माण गर्न आवश्यक रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !