२३ बैशाख २०८१, आइतबार

इन्टरनेट कम्पनी वर्ल्डलिंकका सञ्चालक विजय जलानको कोरोना संक्रमणवाट मृत्यु


विजय जलान

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोरोना संक्रमित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहीबार विहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

४६ वर्षीय जलान करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो । गत वैशाख १८ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनहरुमा सुधारोन्मुख रहेको थियो । बुधबार बेलुकी भेन्टेलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो ।

तर सुधारोन्मुख अवस्थामा फर्किसकेका जलानको आज बिहान अचानक मृत्यु भएको हो । वैशाख १५ गते नर्भिकमा परीक्षण गराउँदा उनमा कोभिड-१९ संक्रमण देखिएको थियो । वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए । उनका श्रीमती र एक छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !