२४ बैशाख २०८१, सोमबार

एमाले नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त


झलनाथ खनाल फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा संक्रमित भई उपचाररत उनी हिजो आइतबार साँझ संक्रमणमुक्त भएका हुन् ।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा संक्रमण नदेखिएको बताए । उमका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाह अनुसार नेता खनाल अस्पतालमै रहनेछन् ।

संक्रमण भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !