२२ बैशाख २०८१, शनिबार

नेपालमा एकैदिन ५७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४०३ जनामा पिसिआर परिक्षण गर्दा ५७०६ जना र ५६६ जनामा एन्टीजेन परिक्षण गर्दा ५७ जनामा गरी जम्मा ५७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२८७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८२ हजार ३८२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १९ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३२९८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ८८ हजार ३५९ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ४३२१३ जना रहेको छ भने ६७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !