२१ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ४९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२५९७ जनामा पिसिआर परिक्षण गर्दा ४८३१ जना र ९६३ जनामा एन्टीजेन परिक्षण गर्दा ९७ जनामा गरी जम्मा ४९२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८० हजार १६७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३२४६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३४११७ जना रहेको छ भने ५९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !