२१ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३८७९ जनामा पिसिआर परिक्षण गर्दा ४७७४ जना र ९५५ जनामा एन्टीजेन परिक्षण गर्दा १२३ जनामा गरी जम्मा ४८९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७९ हजार २७९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १७ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३२११ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ४५ हजार ९६८ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३०२०९ जना रहेको छ भने ५४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !