पर्सामा २ जना कोरोना संक्रमितको मृत्यु Nepalpatra पर्सामा २ जना कोरोना संक्रमितको मृत्यु
३० बैशाख २०७८, बिहिबार

पर्सामा २ जना कोरोना संक्रमितको मृत्यु


नारायणी अस्पताल

पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए ।

उनले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा संक्रमित भएको पत्ता लागेको बताए ।

बितेको ३ दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !