६ जेष्ठ २०८१, आइतबार

बाँकेमा कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु


मृत्यु

राँझा । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा आज ८ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका ७ जना र बाहिरी जिल्लाको १ जना गरी ८ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् । त्यस्तै बाँके खजुरा गाउँपालिकाका २ जना तथा कोहलपुर, बैजनाथ र दाङका १/१ जनाको मृत्यु भएको उनले जानकारी दिए ।

योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !