२२ बैशाख २०८१, शनिबार

आज सोमबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२४०० जनामा पिसिआर परिक्षण गर्दा ३४४२ जना र ८९३ जनामा एन्टीजेन परिक्षण गर्दा ११४ जनामा गरी जम्मा ३१२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७७ हजार ९५१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३१७६ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १५६७ जना, ललितपुर जिल्लामा २२३ जना र भक्तपुर जिल्लामा १२२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा २४ लाख १७ हजार ४१७ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या २२४३४ जना रहेको छ भने ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ४३, ताप्लेजुङमा २, धनकुटामा २, पाँचथरमा ३, भोजपुरमा २, मोरङमा १३४, संखुवासभामा २ र सुनसरीमा ४२ र सोलुखुम्बुमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा २४४ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा ३१, पर्सामा ९८, बारामा १४, महोत्तरीमा ६, रौतहटमा १४, सप्तरीमा ७, सर्लाहीमा १३ र सिरहामा १० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा १९३ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र १५६७, काभ्रेपलान्चोकमा २७, चितवनमा ९६, दोलखामा ३, धादिङमा ५२, नुवाकोटमा १४, भक्तपुरमा १२२, मकवानपुरमा ३२, रसुवामा ४, रामेछापमा ४, ललितपुरमा २२३, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २१५३ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ६२, गोरखामा २३, तनहुँमा ७, नवलपरासी पूर्वमा ३०, पर्वतमा ७, मुस्ताङमा १, म्याग्दीमा ४, लमजुङमा ६, बागलुङमा ६ र स्याङजामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १५१ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ९, कपिलवस्तुमा १५, गुल्मीमा २०, दाङमा २६, नवलपरासीमा ४, पाल्पामा ३४, प्युठानमा ४, बर्दियामा २३, बाँकेमा ३०७, रुकुम पूर्वमा २, रुपन्देहीमा ९५ र रोल्पामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा २५४४ हेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा १, दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा ४, सुर्खेतमा ३ र हुम्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ३१७ हेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ४१, कैलालीमा २८, डडेल्धुरामा १८, डोटीमा १४, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १४० रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु