१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२४०० जनामा पिसिआर परिक्षण गर्दा ३४४२ जना र ८९३ जनामा एन्टीजेन परिक्षण गर्दा ११४ जनामा गरी जम्मा ३१२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७७ हजार ९५१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १२ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३१७६ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख १७ हजार ४१७ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या २२४३४ जना रहेको छ भने ६५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !