२४ बैशाख २०८१, सोमबार

प्रदेश नं १ मा थपिए १३६ जना कोरोना संक्रमित


प्रदेश १

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नंं १ मा आज १३६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ६८ मध्ये विराटनगरमा ५९, झापामा २१, सुनसरीमा २०, सङ्खुवासभामा नौ, धनकुटा र इलाममा तीन/तीन, तेह्रथुम, ताप्लेजुङ र ओखलढुङ्गामा एक÷एक र प्रदेश बाहिरका नौ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ३२२ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९४४ सङ्क्रमणमुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ८९९ पुगेको छ । आज ४३८ को पिसिआर परीक्षण गर्दा ४२ महिला ९४ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । विराटनगरमा शुक्रबार ५४ मा कोरोना पोजेटिभ देखिएको थियो ।

कारोना न्यूनीकरणका लागि जनचेतना मूलक कार्यक्रम

मोरङ – कोरोना प्रकोपबाट समाजलाई बचाउन र न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी चारदिने जनचेतनामूलक एवं नेतृत्व विकास कार्यक्रम आजदेखि यहाँ शुरु गरिएको छ ।

वैश्य सेवा परिषद् नेपाल विराटनगरद्वारा वैशाख १४ गतेसम्म सञ्चालित सचेतनामूलक कार्यक्रममा कोरोनाबाट आफू, आफ्नो परिवार र समाजलाई कसरी सुरक्षित राख्ने तथा आगामी २०७८ मा हुने राष्ट्रिय जनगणनामा समुदायको उपस्थिति चनाखो भई दर्ता गराउन प्रशिक्षण दिने भएको छ । परिषद्ले नेतृत्व विकास, समाजमा रहेको रुढीवादी परम्परालाई न्यूनीकरण गर्ने, विकृति र विसङ्गतिको अन्त्य, महिला शिक्षामा जोड दिनु मुख्य उद्देश्य रहेको छ ।

विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगत, प्रशिक्षक पत्रकार दिनेश शाह, दलित नेता हिरालाल सिँचुरी, समाजसेवी रतन तामाङलगायतले कोराना महामारीबाट बच्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्नुपर्ने, साबुन पानीले हात धुने, बिनाकाम घरबाहिर नहिँड्नेलगायत जानकारीमूलक सचेतना समाजमा प्रदान गर्नुभएको थियो । सोही अवसरमा समाजका संस्थापक अध्यक्ष दिनेश शाहले वडाध्यक्ष भगतलाई सम्मान गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !