१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि, १५३ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३८६ जनामा पिसिआर परिक्षण गर्दा ४६० जना र ८१७ जनामा एन्टीजेन परिक्षण गर्दा ५७ जनामा गरी जम्मा ५१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार ३१८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३०५८ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख २१ हजार ६७० को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३६०८ जना रहेको छ भने ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट चैत्र ३१, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !