१५ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ४५३६ जनामा पिसिआर परिक्षण गर्दा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० जना पुगेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७३ हजार ३४२ जना पुगेको छ । सक्रिय कोरोना संक्रमितको संख्या १८३२ जना रहेको छ भने ६४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !