२० बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि, ८५ जना संक्रमणमुक्त


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार २७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ३०२० जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !