२० बैशाख २०८१, बिहिबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण पुष्टि


पाकिस्तानका प्रधानमन्त्री इमरान खान

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप लगाइसकेका प्रधानमन्त्रीलाई कोरोना संक्रमण छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आज शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

२ दिनअघि मात्रै कोरोनाविरुद्धको भ्याक्सिन लगाएका प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको उनका विशेष सहयोगी तथा पाकिस्तानी स्वास्थ्य मन्त्री फेसल सुल्तानले यसको जानकारी दिएका हुन् ।

६८ वर्षीय प्रधानमन्त्री खान कोरोनाको संक्रमण देखिएपछि उनी हाल होम आइसोलेशनमा रहेका छन् । इमरानले चिनियाँ भ्याक्सिन सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लिएका थिए ।

प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका थुप्रै कर्मचारी र उनलाई हालै भेट गरेका व्यक्तित्वहरुको कोरोना परीक्षण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !