काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १३३ जना, ललितपुर जिल्लामा १३ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ११२ जनामा कोरोना संक्रमण देखिएको थियो ।