१२ आश्विन २०८१, शनिबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५४१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म २० लाख ३८ हजार ८४२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४५२ जना आइसोलेसनमा रहेकामध्ये ७७८ संस्थागत आइसोलेसनमा र २६७४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १४७ जना रहेका छन् ।

२३२ जना कोरोना संक्रमितमध्ये १४१ जना पुरुषहरु र ९१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १०९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ६० जना पुरुषहरु र ४९ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा ८० जना, ललितपुर जिल्लामा २० जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ३८६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६३ हजार ७३४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९९४ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को कुनै पनि जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएको छैन । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा शून्य रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १ र सर्लाहीमा २ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ६  रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ८०, काभ्रेपलान्चोकमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १६२ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १७, गोरखामा २, नवलपरासीमा पूर्वमा ४, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा २६ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ४, नवलपरासीमा ३, पाल्पामा ८, प्यूठानमा १, बर्दियामा १, बाँकेमा ८ र रुपन्देहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ३७ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कुनै पनि जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएको छैन । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा शून्य रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कैलालीमा १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !