२१ बैशाख २०८१, शुक्रबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, झापामा १, भोजपुरमा २ र मोरङमा ३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश २

प्रदेश २ को पर्सामा १, बारामा ३ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ९० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १, चितवनमा ४२, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ९, मकवानपुरमा ४, रामेछापमा १, ललितपुरमा १३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेश

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४४, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा ८, पर्वतमा ५, म्याग्दीमा २, लमजुङमा २ र वागलुङमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १, पाल्पामा २, प्यूठानमा १, बाँकेमा १८ र रुपन्देहीमा १० जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेश

गत २४ घण्टामा कर्णाली प्रदेशको डोल्पा र सुर्खेतमा १/१ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १५ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !