२४ बैशाख २०८१, सोमबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज आज काठमाडौं जिल्लामा २०९ जना, ललितपुर जिल्लामा ४२ जना र भक्तपुर जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौँ उपत्यकामा २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४३४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ५ हजार ८२६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६७४९ जना आइसोलेसनमा रहेकामध्ये ३४०० संस्थागत आइसोलेसनमा र ३३४९ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।

५०० जना कोरोना संक्रमितमध्ये २८७ जना पुरुषहरु र २१३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १५० जना पुरुषहरु र ११७ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ५०० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा ८४० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ४९ हजार १३२ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८१९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २७९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !