८ जेष्ठ २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित २ जना महिलाको मृत्यु


मृत्यु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलाली जिल्लाका ५५ वर्षीया र ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

आजसम्म प्रदेशमा ४६ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोनाको जटिल अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु हुने दर पनि बढेको छ । मन्त्रालयको तथ्याङ्कका अनुसार गएको चार दिनमा चार जनाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका १० जनाको सघन उपचारमा र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । सक्रिय सङ्क्रमित बिरामी दुई हजार ३२५ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र डोटी जिल्लाका थप ६९ जना सङ्क्रमित भएको पुष्टि भएको छ । आज थपिएकासमेत गरी हालसम्म प्रदेशमा कूल सङ्क्रमित १२ हजार ३७८ पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !