१७ जेष्ठ २०८१, बिहिबार

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु


River_SWimming Bepatta

कैलाली । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलारी–८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिए ।

उहाँका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पताल मृत्यु भएकोे हो । दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !