६ जेष्ठ २०८१, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १०६४ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १८ लाख १३ हजार २०४ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १२३८६ जना आइसोलेसनमा रहेकामध्ये ४६६५ संस्थागत आइसोलेसनमा र ७७२१ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५१५ जना रहेका छन् ।

१२१७ जना कोरोना संक्रमितमध्ये ७७४ जना पुरुषहरु र ४४३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये २४४ जना पुरुषहरु र १६० जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ३२८ जना, ललितपुर जिल्लाका ५१ जना र भक्तपुर जिल्लाका २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप १४८३ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !