८ बैशाख २०८१, शनिबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १७ लाख ७१ हजार ९५० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५४४७ जना आइसोलेसनमा रहेकामध्ये ५०५३ संस्थागत आइसोलेसनमा र १०३९४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५३७ जना रहेका छन् ।

१२७२ जना कोरोना संक्रमितमध्ये ७८८ जना पुरुषहरु र ४८४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ६०६ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ३५९ जना पुरुषहरु र २४७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ४५० जना, ललितपुर जिल्लाका १२५ जना र भक्तपुर जिल्लाका ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १५७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख २१ हजार ८४७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५६७ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१, संखुवासभामा ३ र सुनसरीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १४७ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १३, पर्सामा १, बारामा ५, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ३६ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा ४४०, काभ्रेपलान्चोकमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा ५, नुवाकोटमा २, भक्तपुरमा ४१, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा १२५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा ६९३ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ७९, गोरखामा ७, तनहुँमा ३, नवलपरासी पूर्वमा २८, पर्वतमा १, म्याग्दीमा ९, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १४३ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा २१, दाङमा २१, नलवपरासीमा ९, पाल्पामा १९, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा १५५ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको दैलेखमा मात्र २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा २ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा ४०, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा ३, दार्चुलामा ९ र बैतडीमा २ कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ९६ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !