२२ बैशाख २०८१, शनिबार

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लमा कोरोना संक्रमण पुष्टि


ज्ञानेन्द्र मल्ल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज बुधबार साँझ उनले आफूलाई कोभिड-१९ पोजिटिभ देखिएको सामाजिक सञ्चाल आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका हुन् ।

उनले आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत आग्रह स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गरेका छन् । मल्लले आफू कोरोना संक्रमित भएपनि हालसम्म कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् ।

उनले आफू केहीदिन होम आइसोलेसनमा रहने समेत जानकारी गराएका छन् । कोरोना महामारीलाई सामान्य रुपमा नलिन आग्रह मल्ले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !