१२ बैशाख २०८१, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१४४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ५२ हजार ४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २४००९ जना आइसोलेसनमा रहेकामध्ये ६८०३ संस्थागत आइसोलेसनमा र १७२०६ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७५७ जना रहेका छन् ।

१६७४ जना कोरोना संक्रमितमध्ये १०१३ जना पुरुषहरु र ६६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५१२ जना पुरुषहरु र ३८७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६८५ जना, ललितपुर जिल्लाका १६५ जना र भक्तपुर जिल्लाका ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १६७४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !