नेपालमा आज थपिए १६७४ जना नयाँ कोरोना संक्रमित Nepalpatra नेपालमा आज थपिए १६७४ जना नयाँ कोरोना संक्रमित
१९ मंसिर २०७७, शुक्रबार

नेपालमा आज थपिए १६७४ जना नयाँ कोरोना संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १६७४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१४४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ५२ हजार ४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २४००९ जना आइसोलेसनमा रहेकामध्ये ६८०३ संस्थागत आइसोलेसनमा र १७२०६ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७५७ जना रहेका छन् ।

१६७४ जना कोरोना संक्रमितमध्ये १०१३ जना पुरुषहरु र ६६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५१२ जना पुरुषहरु र ३८७ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ६८५ जना, ललितपुर जिल्लाका १६५ जना र भक्तपुर जिल्लाका ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा आज थपिए १९४५ जना नयाँ कोरोना संक्रमित



प्रतिक्रिया दिनुहोस !