२३ बैशाख २०८१, आइतबार

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक २७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १००२२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ८४ हजार ३१७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८४६१ जना आइसोलेसनमा रहेकामध्ये ९०७७ जना संस्थागत आइसोलेसन र २९३८४ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ९७४ जना रहेका छन् ।

१९१३ जना कोरोना संक्रमितमध्ये ११५४ जना पुरुषहरु र ७५९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ९७३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५४५ जना पुरुषहरु र ४२८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ७६४ जना, ललितपुर जिल्लाका १२६ जना र भक्तपुर जिल्लाका ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १९१३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २३४९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !