४ जेष्ठ २०८१, शुक्रबार

होम आइसोलेसनमा बसेका संक्रमितलाई जथाभावी औषधी सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


प्रा. डा. जागेश्वर गौतम कोरोना अपडेट

१९ कात्तिक, काठमाडौँ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले घरमै आइसोलेसनमा बसेका संक्रमितहरुलाई जथाभावी औषधी सेवन नगर्न आग्रह गरेका छन् । मन्त्रालयको प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. गौतमले जथाभावी आफूखुशी औषधी सेवन नगर्न आग्रह गरेका छन्।

प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले भने, ‘कोरोना संक्रमित भइ घरमा नै आइसोलेसनमा बस्नुभएकाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकाहरुसँग सरसल्लाह गरी विभिन्न औषधिहरु सेवन गरेको पाइएको छ। यसरी जथाभावी आफूखुशी औषधी सेवन गर्नाले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न अनुरोध गरिन्छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !