१५ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशमा थपिए ६५ कोरोना संक्रमित, १३२ जना कोरोना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, कार्तिक ९ । कर्णाली प्रदेशमा ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ५६८० जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, दैलेख अस्पताल, दैलेख, कमलबजार नपा प्रयोगशाला, अछाम र चौरजहारी प्रयोगशाला, रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा घर ठेगानाको आधारमा कोरोना संक्रमण पुष्टि हुनेहरुमा मुगुका २ जना, जुम्लाका ५ जना, कालिकोटका २७ जना, दैलेखका ९ जना, सुर्खेतका १७ जना, रुकुम पश्चिमका १ जना, सल्यानका १ जना र अन्य प्रदेशका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १३२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४३७३ जना पुगेको छ भने १५ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल १११९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थपिए ६५ कोरोना संक्रमित, १३२ जना कोरोना संक्रमणमुक्त

यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५६७३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !