१३ बैशाख २०८१, बिहिबार

सरकारले हात झिक्यो, अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं, कात्तिक २ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण व्यापक फैलिएपछि उपचार गर्न सम्भव नभएकोले गर्दा सरकारले हात उठाएको छ । अव उपरान्त कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा जानकारी दिएका छन् ।

तर सरकारले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट काटिनेछ । यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गते भर्ना भएका तथा परीक्षण गर्नेहरुमा लागू हुने उनले बताएका छन् । उनका अनुसार २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे ।

सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आईसीयू लगायतका पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको उनले बताए । यस्तै पछिल्लो ३ दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएकाहरु ७ दिन होम आइसोलेसनमा बस्ने सुनिश्चितता गर्नु पर्ने व्यवस्था गर्ने निर्णय भएको समेत गौतमले बताए ।

साथै मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोभिड-१९ परीक्षण गर्ने सबै प्रयोगशालाहरुले दसैंको नवमी, दशमी र एकादशीका दिनबाहेक पूर्णरुपमा सञ्‍चालन गर्ने/गराउने सरकारले निर्देशन दिएको छ । तर यी तीन दिनहरुमा सबै प्रयोगशालाहरुले परीक्षण चापअनुसार गर्न/गराउनुपर्ने पनि सरकारले भनेको छ ।

काठमाडौं उपत्यकामा आज १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १४६९ जना, ललितपुर जिल्लाका १३० जना र भक्तपुर जिल्लाका ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २९४२ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३२२४६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २३२६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ९२१६६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो, आज थपिए नयाँ २९४२ संक्रमित

नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार नाघ्यो, थप २३२६ जना कोरोना संक्रमणमुक्त

काठमाडौँमा १४६९ सहित उपत्यकामा आज १६९८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ७३९ पुग्यो

 

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु