२२ बैशाख २०८१, शनिबार

चितवनका २९ जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज २७ । चितवन जिल्लामा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २५२ वटा गरिएको परीक्षणमा चितवनका २९ जनासहित थप ३३ जनामा संक्रमण पुष्टि भएको छ भने २१९ वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका २० जना रहेका छन् । यसैगरी खैरहनीका ३ जना, राप्ती र कालिकाका २/२ जना, रत्ननगर नगरपालिका र माडी नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कास्की, नवलपरासी, सुर्खेत र बेनीघाटका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

 

यो पनि पढ्नुहोस्

चितवनका ३२ जनासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !