१३ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७५३ पुग्यो


कोरोना पुष्टि

पोखरा, असोज २५ । गण्डकी प्रदेशमा आज बिहान थप ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७५३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ८:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आजबिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ६२ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका २१ जना, बाग्लुङको बाग्लुङ बजारका ३६ जना र लमजुङको बेसीशहर नगरपालिका र मर्स्याङ्डीका ५ जना रहेका छन् ।

बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा, २ जना पुरुष नेपाल प्रहरीमा र १ जना पुरुष र १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत, ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायी हुन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत रहेका छन् भने वार्ड नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आउनुभएको हो । अन्य सबैजना कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४७५३ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !