![कोरोना संक्रमणमुक्त](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Discharge-3415.jpg?fit=1056%2C477&ssl=1)
काठमाडौँ, असोज २३ । नेपालमा पछिल्लो २४ घण्टामा १२२९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७४२५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
काठमाडौं उपत्यकामा आज २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २१०० जना, ललितपुर जिल्लाका ३६९ जना र भक्तपुर जिल्लाका २०३ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा आज कोरोना संक्रमण नयाँ ५००८ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०५६८४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या ७३ हजार नाघ्यो, थप १६८० जना कोरोना संक्रमणमुक्त