११ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ ५००८ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज २४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५००८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०५६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १९३२० पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ११ लाख ६४ हजार ५५७ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३०८१८ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १७१६४ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १३६४५ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४६८६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २१०० जना, ललितपुर जिल्लाका ३६९ जना र भक्तपुर जिल्लाका २०३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १२२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७४२५२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको पुष्टि भएको छ ।

आज नेपालमा कोभिड-१९ को अवस्था

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, आज थपिए नयाँ २०५९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !