९ जेष्ठ २०८१, बुधबार

बाँकेका २३ जनासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, असोज २३ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २३ जनासहित थप ३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज साँझ ६:५० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा १४३ वटा नमूना परीक्षण गर्दा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २३ जना, बर्दिया र दाङका २/२ जना, दैलेख, जाजरकोट, सुर्खेत र लमजुङका १/१ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा १८ जना पुरुषहरु र १३ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २७४५ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४२८१५ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४२४८३ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !