१० जेष्ठ २०८१, बिहिबार

कर्णालीमा थप ६२ जना संक्रमित, २३ जना संक्रमणमुक्त


कर्णाली प्रदेश

सुर्खेत, असोज २३ । कर्णाली प्रदेशमा आज दिउसो ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४१६६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज साँझ ५ एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल, सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल, दैलेख र चौरजाहरी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका २८ जना, सल्यान र जुम्लाका ७/७ जना, दैलेख र रुकुम पश्चिमका ६/६ जना, कालिकोटका ५ जना र अन्य प्रदेशका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई २३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३३०३ जना पुगेको छ भने १० जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ७४७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या ४१६६ पुग्यो, थप ६२ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !